प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।
नौ इजलासमा पेसी तोकिंदा उनले आफ्नो लागि भने कुनै पनि इजलास तोकेका छैनन् ।
आज तोकिएकामध्ये सात संयुक्त र दुई एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।
प्रधानन्यायाधीश राणा मन्त्रिपरिषद सदस्यमा भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरु बहस पैरवी रोकेर आन्दोलनमा छन् । आन्दोलनका कारण गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको छ ।
प्रधानन्यायाधीश राणासँग असन्तुष्ट रहेका न्यायाधीशहरु पनि इजलासमा बसेका छैनन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।