शनिबार, साउन ३० २०८३
ताजा अपडेट

इजलास फर्किने न्यायाधीशलाई शम्भु थापाको आग्रह– प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानु भएको छ कि छैन ?


  • बुधबार, मंसिर १ २०७८
11.2K
SHARES

फाइल तस्विर

वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई इजलासमा फर्किनुअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई घुस खानु भएको छ कि छैन भनेर सोध्न आग्रह गरेका छन् ।

जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले आफूहरुले जबरा भ्रष्टाचारमा डुबेको देखेको बताए । उनले अघि भने, ‘जो हतार हतार इजलासमा बस्नुहुन्छ, तपाईंहरुले प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानु भएको छ कि छैन ?’

यदि यो नसोधी जबराले तोकेको इजलासमा बस्ने हो भने उनीहरु पनि दूषित हुने थापाले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा