मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

एमाले अध्यक्ष ओलीलाई झट्का, बालुवाटारमा भयो ७ बुँदे सहमति


  • KTM Khabar
  • बुधबार, मंसिर १ २०७८
2.3K
SHARES

काठमाडौँ –सत्तारुढ पाँच दलीय गठबन्धनले ७ बुँदे सहमति गरेको छ । आसन्न राष्ट्रियसभा र प्रदेश तथा संघको उपनिर्वाचनमा मिलेर चुनाव लड्ने गरी ७ बुँदे सहमति भएको हो ।

गठबन्धनको भविष्यलाई लिएर चौतर्फी प्रश्न उठिरहेका बेला आज बसेको गठबन्धन बैठकले सहकार्यलाई थप मजबुत बनाउने निर्णय गरेको हो ।

गठबन्धनका तर्फबाट आज साँझ जारी गरिएको विज्ञप्तिमा पाँच दलीय गठबन्धन निर्माणसँगै मुलुकको राजनीति लिकमा फर्किएको दाबीसमेत गरिएको छ ।

त्यस्तै, भताभुङ्ग पारिएको राज्य संयन्त्र र भत्क्याइएको राज्य पद्धतिलाई लिकमा ल्याउने महत्वपूर्ण प्रयास भएको बताइएको छ । गठबन्धनका कारण लोकतन्त्र र संविधान सुरक्षित भएको उनीहरुको जिकिर छ ।

विज्ञप्तिमा राष्ट्रियता, लोकतन्त्रको सम्वद्र्धन, संविधानको रक्षा र सुशासनको प्रवद्र्धनलाई मूलमन्त्र बनाएर गठबन्धन क्रियाशील रहेको उल्लेख गरिएको छ ।

त्यस्तै, कोभिड–१९ को संक्रमण रोकथामलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियानलाई युद्धस्तरमा अघि बढाइएको र कोरोनाले थलिएको अर्थतन्त्रले गति लिन थालेको दाबी गठबन्धनले गरेको छ ।

स्थीर सरकारको निर्माण र राजनीतिक स्थिरतासँगै स्वदेशी तथा विदेशी लगानीकर्ता एवम् उद्यमीहरु उत्साहित भएको पाँच दलीय गठबन्धनको दाबी छ । जनतालाई छिटो र सहजरुपमा सेवा सुविधा उपलब्ध गराई जनताको विकास र सम्मृद्धिको आकांक्षा पूरा गर्न क्रियाशील रहेको विज्ञप्तिमा भनिएको छ ।

गठबन्धनले बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत तथा उनीहरुको पुनस्र्थापनाका लागि प्रभावकारी रुपमा काम अघि बढाइएको पनि उल्लेख गरेको छ ।

जारी विज्ञप्तिमा प्रधानमन्त्री त्तहा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि आजै बसेको ५ दलीय गठबन्धन समन्वय समितिको बैठकले सर्वोच्च अदालतमा देखिएको विवादमा यथाशीघ्र निकास हुनुपर्ने निर्णय गरेको थियो ।

संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेमा आशा समेत गरेको छ ।

यो सहमतिले एमालेलाई झट्का लागेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा