बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

नेताहरूले रटान लाई रहने लेन्डुप प्रवृत्ति के हो ? को हुन लेन्डुप ?


  • बुधबार, मंसिर १ २०७८
8.6K
SHARES

फाइल तस्विर

नेपाली राजनीतिमा अत्यन्तै चर्चित नाम हो, लेण्डुप । लेण्डुप प्रवृत्ति, लेण्डुप दोर्जे हुन लागेको नेता आदि भनाइ चली रहन्छन् । स्वतन्त्र राष्ट्र सिक्किमका अन्तिम प्रधानमन्त्री लेण्डुप दोर्जे सिक्किम प्रान्तका पहिलो मुख्यमन्त्री पनि हुन ।

स्वतन्त्र राष्ट्र सिक्किमलाई भारतमा विलय गर्नको लागि भारतले प्रयोग गरेका नेता हुन लेण्डुप दोर्जे । त्यसैले, लेण्डुप दोर्जेलाइ दक्षिण एसियामानै देशद्रोही र गद्दारीको पर्यायको रूपमा चित्रण गरिन्छ ।

सिक्किमलाई भारतमा विलय गर्न प्रयोग भएका नेता त्यस पछि भने करिब तिन दशक सिक्किम बाहिर बसे, सन २००७ मा उनको निधन भयो । स्वतन्त्र राष्ट्र लाइ भारतको जिम्मा लगाउने निर्णय गर्ने पार्लियामेन्टको नेतृत्व गर्ने प्रधानमन्त्री भएको हुनाले दोष सबै लेण्डुपकै थाप्लोमा गाएको हो ।

लेण्डुप दोर्जे स्वतन्त्र राष्ट्र सिक्किमका वासिन्दा थिए । सिक्किम आफ्नो छुट्टै अस्तित्व भएको नेपाली मुलका नागरिकको बसोबास रहेको राष्ट्र थियो ।

जसको नेपालसंगको सम्बन्ध प्रगाढ थियो । तर कुनै समयको स्वतन्त्र राष्ट्र सिक्कम लोण्डुप दोर्जेकै गद्दारीका कारण भारतमा विलायो । अर्थात स्वतन्त्र सिक्किम भारतको कब्जामा गयो । त्यसैले  लेण्डुप दक्षिण एसियाकै राजनीतिमा इतिहासकै लाल गद्दारको रुपमा चिनिन्छन् । आफ्नै माटोप्रति गद्दारी गर्ने लेण्डुप देशद्रोह र गद्दारीको पर्याय थिए ।

देश बेचेर सत्ताको शिखरमा आजन्म बस्ने सपना बुनेका गद्दार थिए लेन्डुप त्यसैले हाम्रा नेताहरू लेन्डुप प्रवृत्तिको नाम रटान लाई रहन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा