शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रचण्डले स्वास्थ्य केन्द्र उद्घाटन गर्ने ‘खुसीयाली’मा नगरपालिकाले दियो बिदा


  • बुधबार, मंसिर १ २०७८
10K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि भएर आउने कार्यक्रमका लागि नगरपालिकाले सार्वजनिक बिदा नै दिएको छ।

महोत्तरीको रामगोपालपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो। प्रचण्डले आज आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

प्रचण्डले वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९ आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ।

रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुर ५ मा कार्यक्रम गरेर संयुक्त रूपमा यी सबै केन्द्रहरू उद्घाटन गरिने भएको छ।

नगरपालिकाले मंगलबार सूचना निकालेर एक दिनका लागि सार्वजनिक बिदा दिने जानकारी गराएको छ। नगर प्रमुख अशोककुमार मण्डलले सूचना निकालेर प्रचण्ड प्रमुख अतिथि हुने कार्यक्रमका लागि सार्वजनिक बिदा दिएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा