शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची


  • बुधबार, मंसिर १ २०७८
8.5K
SHARES

फाइल तस्विर

प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको छैटौं बैठक आज बस्दैछ । आज बस्ने बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वाको मत लिनेछन् ।

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । तर एमालेले बैठक स्थगित गर्न माग गर्‍यो । सत्ता पक्ष बैठक स्थगित गर्न तयार थिएन ।

सत्तापक्षको जोडबलमा बसेको  बैठकमा विश्वासको मत सम्बन्धित प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यसूचीमै प्रवेश नगरी बैठक आज बिहान साढे ११ बजेसम्मका लागि स्थगित गरे ।

नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टीका कारण आफ्ना सांसद आउन नसक्ने भन्दै मंगलबार एमालले बैठक स्थगित गर्न आग्रह  गरेको थियो ।

सत्ता पक्षको जोडबलमा बसेको बैठकमा  प्रतिपक्षी दल एमाले सहभागी भएन । प्रतिपक्षी सहभागी नभएपछि सभामुखले कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित गरेका थिए ।

आज बस्ने बैठकमा विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी छ ।

९३ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । पाँच दलीय सत्ता गठबन्धनसँग ५० जना सांसद् छन् ।  प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् । 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा