शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बिजुली भारतले नकिन्न सक्छ, आफैं खपत बढाऔं : देउवा


  • बुधबार, मंसिर १ २०७८
7.8K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले नेपालको बिजुली किन्न टुंगो नभएकाले आफैंले खपत बढाउनु पर्ने बताएका छन्।

मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को १९ र २० औं साधारण सभामा बोल्दै प्रधानमन्त्री देउवाले भारतमा कोइलाबाट बिजुली उत्पादन गर्नेहरूले अहिले पनि नेपालबाट बिजुली नआओस् भन्ने चाहेको उल्लेख गरे।

‘भारतले नेपालको विद्युत किनिदिएन भने के गर्ने? आफ्नो देशको बिजुली आफैंमा लगाऔं। भारतमा पनि आफ्नै उत्पादन गर्दैछन्। हाम्रो देशको यति ठूलो बिजुली छ भारतले किन्छ भन्ने पनि छैन,’ प्रधानमन्त्री देउवाले भने,‘भारतमा कोइलाबाट बिजुली उत्पादन गर्नेहरू अहिले पनि नेपालबाट बिजुली नआओस् भन्ने चाहन्छन्।’

उनले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरूलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताए।

देशभर विद्युतीय सामग्रीको प्रयोग गरी देशलाई नमूना बनाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो।

उनले ऊर्जा उत्पादकले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे।

‘हामीले किन यो ग्यासको चुल्हो बाल्ने? हामीसँग यति विद्युत छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौं। बस चलाउन सक्दछौं। हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्छ,’ प्रधानमन्त्री देउवाले भने,‘हामी नेपालभरि नै विस्तार गरी यता जानुपर्छजस्तो लाग्छ मलाई। त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टिभ दिन तयार छौं।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा