शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

दामोदर भट्टराई (बद्री) ले विशेष क्षेत्रीय भेला कार्यक्रम गर्ने


  • मंगलबार, कार्तिक ३० २०७८
10.7K
SHARES

३० कात्तिक, काठमाडौँ ।
नेपाली कांग्रेसका युवा नेता तथा पार्टीका क्षेत्रीय प्रतिनिधि दामोदर भट्टराई (बद्री) ले विशेष क्षेत्रीय भेला कार्यक्रमको आयोजना गरेका छन् । मंसिर १ गते नेपाली कांग्रेस क्षेत्र नं. ४ बाट १४औँ महाधिवेशनमा निर्वाचित इकाइ सभापति सहित क्षेत्रीय प्रतिनिधिहरूको उपस्थितिमा क्षेत्रीय भेलाको आयोजना गर्न लागेका हुन् ।

धुम्बाराही स्थित स्मार्ट क्याफेको हलमा गरिने उक्त कार्यक्रममा विशेष भेटघाट तथा ‘स्थानीय निर्वाचन र नेपाली कांग्रेसको वर्तमान अवस्था’को विषयमा अन्तरक्रिया कार्यक्रम गरिने जनाइएको छ ।

‘पार्टीको कुनै कमिटीले आयोजना गरेको कार्यक्रम नभई विशुद्ध भेटघाट तथा विचार मन्थनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो । कुनै उम्मेदवारी घोषणा कार्यक्रम पनि हैन ।’ केटिएम खबरसंग कुराकानी गर्दै बद्रीले भने, ‘पार्टीका सबै जिम्मेवार व्यक्तिहरूलाई निम्ता छ । क्षेत्रीय नेता तथा पार्टीमा आबद्ध व्यक्तिहरूको उपस्थिति रहन्छ भन्ने कुरामा पूर्ण विश्वस्त छु । आउनुहोस्, थौरै समय हामी मिलेर संवाद गरौँ । विचारमा बहस गरौँ । सकारात्मक सोच पैदा भएर छाड्छ ।

हामी हरेक चुनौती मिलेर सामना गराैँ । प्रतिपक्षहरुसंग हरेक तवरले मुकाबिला गर्ने संगठन निर्माण गरौँ । सबैलाई संगठनको सदस्य हुनुमा गौरव मिल्ने कर्म गरौँ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा