शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बन्द भएकोले आज प्रदेश १ को बैठक नगर्न एमालेको माग


  • मंगलबार, कार्तिक ३० २०७८
7.5K
SHARES

तस्विरः फाइल

नेकपा एमालेले प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आज स्थगित गर्न माग गरेको छ।

नेपाल कम्युनिष्ट पार्टीले आज बन्द गरेकोले सांसदहरू उपस्थित हुन नसक्ने कारण देखाउँदै एमालेले बैठक रोक्न माग गरेको छ।

एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आज बन्द भएकोले सांसद आउन नसक्ने बताए। बैठक स्थगित गर्न उनले माग गरेका छन्।

तर सत्तापक्षले भने आज बैठक गर्ने भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छैन। आज मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा