शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लाइसेन्सको अनलाइन आवेदन भर्ने समय तोकियो, १० देखि अपराह्न ५ बजेसम्म भर्न नपाईने !


  • मंगलबार, कार्तिक ३० २०७८
8.9K
SHARES

प्रतिकात्मक तस्बिर

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न अब सेवाग्राहीले कार्यालयका समयमा नपाउने भएका छन् ।

बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि सेवा चालू नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुषालले एक सूचना जारी गरी देशभरका कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको बताएका छन् ।

उनले भनेका छन्, ‘यो साता सेवाग्राहीले बिहान र साँझ मात्रै फारम भर्न पाउनुहुन्छ ।’ उनका अनुसार अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका छन् ।

देशभर रहेका विभागका १२ कार्यालयहरुमा दैनिक ठूलो संख्यामा सेवाग्राहीले अनलाइन मार्फत आवेदन गर्ने गरेका छन् । विभागले गत वर्षदेखि अनलाइन आवेदन सुरु गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा