शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रधानन्यायाधीश राणाले आजलाई तोके ९ इजलास


  • मंगलबार, कार्तिक ३० २०७८
9.1K
SHARES

फाईल तस्बिर

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आजलाई ९ इजलास तोकेका छन् । राणाले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन्। उनले आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन् ।

आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको छ ।

यसैबीच नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको आन्दोलन थप सशक्त बनाउने तयारी गरेको छ।

राजीनामा दिनुको साटो विज्ञप्ति जारी गरी वार्ताको आह्वान गरेको भन्दै बारले आन्दोलन थप सशक्त बनाउन लागेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। नयाँ सशक्त आन्दोलन बारे छलफल गर्न बारले आज दिउँसो १ बजेलाई केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा