शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

विप्लव समूहको बन्दका कारण बिहानैदेखि यात्रुलाई सास्ती !


  • मंगलबार, कार्तिक ३० २०७८
9.6K
SHARES

फाइल तस्विर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंका सडकमा आशिंक प्रभाव परेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द गरेको हो । नेपाल बन्दका कारण काठमाडौंमा विहानैदेखि सार्वजनिक सवारीहरु एकदम कम चलेका छन् । रिङराेडमा यदाकदा गाडीहरू चले पनि शाखा राेडहरूमा भने सुनसान छ ।

यात्रुले बिहानै सास्ती भोगेका छन् । सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रुहरु पनि विभिन्न ठाउँमा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् ।

बिहानै काममा हिडेका यात्रुहरू अलपत्र परेका छन् । सवारीसाधन नहुने सर्वसाधारणहरू हिँडेरै कार्यस्थल पुगेका छन् भने कतिपय निजी सवारी साधनहरू फ्याट्टफुट्ट चलेका छन् ।
रिङराेडकाे सुकेधारा चेाकमा प्रहरीले समेत चेकिङ कडाइ गरेकाे छ । सडकमा डिभाइडरहरू राखेर सवारी आवागमनमा अवराेध गरेकाे देखिएकाे छ । यसले नेपाल बन्दलाइ सघाउ पुग्नेगरी सडक अवराेध गरेकाे झल्काे दिन्छ । यसले रिङरोडमा चलिरहेका केही लामो दुरीका बस, चक्रपथमा गुड्ने सार्वजनिक यातायात तथा ट्रकहरु पार गर्न गाह्रो भएको चालकहरुको भनाइ छ ।

महाराजगन्ज चाेकमा पनि बाक्लाे संख्यामा प्रहरीहरू तैनाथ छन् तर सवारीकाे चाप न्यून छ । बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको जनाइएकाे छ । सडक तथा चाेकहरूमा बन्दकर्ताकाे भने खासै उपस्थिति देखिएकाे छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा