शनिबार, साउन ३० २०८३
ताजा अपडेट

खेलकुद मन्त्रीको खेलाडीलाई सुझाव : प्रकाश दाहाल जस्तै जुझारु हुनुहोस्


  • सोमबार, कार्तिक २९ २०७८
7.3K
SHARES

फाइल तस्विर

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्वर्गीय प्रकाश दाहाल निडर र जुझारु स्वभावको व्यक्ति भएको बताउँदै खेलाडीहरू पनि उनीजस्तै बन्न सुझाव दिएका छन् । आफूले निकै नजिकबाट दाहालको जुझारुपन महसुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरूमा पनि त्यस प्रकारको जुझारुपन आवश्यक रहेको बताएका हुन् ।

स्व. प्रकाश दाहालको स्मृतिमा आयोजित दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री गहतराजले दाहालको व्यक्तित्वबाट आफू निकै प्रभावित भएको उल्लेख गरे ।

सामाजिक रूपान्तरणको मोर्चा हुँदै सगरमाथाको सफल आरोहणसम्मको चरणमा दाहालले ठुलो सामर्थ्य देखाएको स्मरण गर्दै मन्त्री गहतराजले नेपाली खेल क्षेत्रको विकासमा दाहालको भूमिकाको खुलेर प्रशंसा गरे ।  दाहालको व्यक्तित्वसँग मिल्ने खालको खेल सञ्चालन गरेको प्रति खुसी व्यक्त गर्दै मन्त्री अथकले भने, “बक्सिङ बहादुरहरूको खेल हो, स्व. प्रकाश दाहाल पनि निकै बहादुर थिए ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा