बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

७ गल्तीले मोवाइलको मेमोरी फुल हुन्छ, यसरी गर्नुस् खाली


  • सोमबार, कार्तिक २९ २०७८
10.1K
SHARES

फाइल तस्विर

मोबाइल फोन ह्याङ हुने तथा स्लो चल्ने कयौं कारणले हुन सक्छ । तर, यसको एक प्रमुख कारण स्टोरेज फुल हुनु हो । हामी आफ्नै केही गल्तीका कारण फोनको स्टोरेज फुल हुन्छ । यी गल्ती के हुन् र कसरी गल्तीबाट बँच्ने भन्ने ज्ञान हुँदा समस्याबाट मुक्ति मिल्छ ।

१) इन्स्टाग्राम राखेको फोटो मोबाइल मेमोरीमा स्टोरेज हुन्छ । यस्ता फोटोले मेमोरीको धेरै स्पेस ओगट्छ । त्यसैले इन्स्टाग्राममा राखेको फोटो स्टोरेजबाट डिलेट गरिदिनुहोस् ।

२) थर्ड पार्टी एप्सले पनि मोबाइलको मेमोरी खाने र मोबाइललाई स्लो बनाउने गर्छ । यस्ता सबै एप्स डिलेट गर्नुहोस् । यसमा क्यामेरा एप्स पनि पर्छ जसको काम निकै कम हुन्छ तर, फोनको निकै धेरै स्पेस खान्छ ।

३) म्युजिक स्ट्रिमिङ एप्स प्रयोग गरेर तपाईं आफूलाई मन परेको गीत तथा भिडियो सेकेण्ड भरमै सुन्न तथा देख्न सक्नुहुन्छ । तर, यो एप्स फोनमा डाउनलोड गर्नुपर्ने जरुरी हुँदैन । यसो गर्दा मोबाइलमा धेरै गीत तथा भिडियो स्टोर हुनबाट स्पेस जोगिन्छ ।

४) पूराना म्यासेजले पनि मोबाइलको मेमोरी स्पेस खाइरहेको हुन्छ । ‘डिलेट अल थ्रेड्स’ अप्सनमा गएर पूराना म्यासेजहरु डिलेट गर्नुहोस् । यहाँबाट एकै साथ सबै पूराना म्यासेज डिलेट गर्न सकिन्छ ।

५) कतिपय एप्स मोबाइलमा आवश्यक पर्दैन तर, रहिरहेको हुन्छ । यस्ता एप्स पनि डिलेट गर्नुहोस् । यसले फोनको मेमोरी स्पेस खाने गर्छ ।

६) क्रोम ब्राउजर प्रयोग गर्नुहुन्छ भने ब्राउजरको क्यास, डाटा र हिस्ट्री डिलेट गर्नुहोस् ।

७) मोबाइलको इन्टरनल स्टोरेज क्लिन गर्नुहोस् । यसका लागि सबै फाइललाई माइक्रोएसडी कार्डमा मुभ गर्नुहोस् । एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा