बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

प्रकाशमानको टिप्पणी : बुढानीलकण्ठ हामीले नदेखेको हो र !


  • सोमबार, कार्तिक २९ २०७८
9.5K
SHARES

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको बैठक सभापतिको घरमा राखेकोमा असन्तुष्टि जनाएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले बूढानीलकण्ठ नदेखे झैं गरेर सभापति शेरबहादुर देउवाको निवासमा बैठक राखिएको टिप्पणी गरे । ‘पार्टी केन्द्रीय कार्यसमितिको बैठक पार्टी सभापतिको घरमा राख्छ । कार्यालयमा राख्नु पर्‍यो नि’ उनले भने, ‘बूढानीलकण्ठ हामीले नदेखेको हो र । उहाँको त्यहा घर बन्नुभन्दा अघि नै हामी त्यहाँ बुढानीलकण्ठ भगवानको पूजा गर्न जान्थ्यौं नि ।’

क्रियाशील सदस्यता विवादलाई लिएर रौतहटका नेता कार्यकर्ता लामो समयदेखि पार्टी कार्यालयमा धर्ना बसेको भन्दै उनले भने, ‘जुन जिल्ला, जुन क्षेत्रको जुन वडाको जहाँ प्रोबलम छ । विधि र नियम अनुसार सम्बोधन गर्न प्रयास गरौं ।’

पार्टी प्रवेश, समायोजनको नाममा आफू अनुकुल नाम राखेपछि प्रदेश २ मा विवाद भएको उनले बताए ।

पार्टी सभापतिको गृहजिल्ला डडेलधुरामा के भयो भन्ने सबैले देखेको भन्दै उनले भने, ‘सत्तामा छु भन्दैमा पुलिसको घेरामा राखेर विधि र नियम पूरा नगरी अधिवेशन भो भनेर घोषणा गर्दैमा हुन्छ ? यसले पार्टीलाई राम्रो गर्दैन ।’

पूर्वमहामन्त्री सिंहले नियम उल्लंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेको बताए । आफू कांग्रेसमा शुद्धीकरण र सुदृढीकरणको अभियानमा रहेको भन्दै उनले अब आसन्न महाधिवेशनमा राजनीतिक न्याय दिनुपर्ने बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा