बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

नेपाली काँग्रेस भोजपुर प्रदेश ‘क’ को क्षेत्रीय सभापतिमा मेरो सशक्त उम्मेदवारी रहन्छ : नगेन्द्र खत्री


  • सोमबार, कार्तिक २९ २०७८
13.9K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसको आशन्न १४ औ महाधिवेशनमा भोजपुर जिल्ला प्रदेश ‘क’ को क्षेत्रीय सभापतिमा नगेन्द्र खत्रीले उम्मेदवारी घोषणा गरेका छन् ।

भोजपुर जिल्लामा आउँदो मङ्सिर ४ देखि ६ गते सम्म चल्ने महाधिवेशनमा प्रदेश क मा क्षेत्रीय सभापतिको  उम्मेदवारी घोषणा गरे सँगै नेता खत्रीको कार्यकर्ता बिच चर्चा सुरु भएको छ । मङ्सिर ४ गते नेपाली काँग्रेस भोजपुर प्रदेश ‘क’ को क्षेत्रीय अधिवेशन हुदैछ ।

नेता खत्री भोजपुर काँग्रेसमा भिजेका नेताको रूपमा कार्यकर्तामाझ परिचित छन् । २०४२ साल विद्यार्थी काल देखि नै राजनीतिमा सक्रिय हुँदै आएका उनी २०४६ सालको जन आन्दोलनमा सक्रिय थिए ।

२०४७ देखि ४९ सम्म भोजपुर क्याम्पस ने बि सङ्घ सभापति भएर भोजपुर काँग्रेसमा उदाएका उनी, २०५४ देखी ५६ मा भोजपुर प्रजातान्त्रिक मञ्च का सचिब , २०५७ देखी ६१ मा ट्रेड युनियन काङ्ग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य भएर खारिएको अनुभव भएका नेता मानिन्छन् ।

२०७३ सालको स्थानीय निर्वाचनमा अरुण गाउँपालिका वडा नम्बर १ बाट वडाध्यक्ष निर्वाचित भएका खत्री यो अधिवेशनमा आफूलाई नेपाली काँग्रेस भोजपुर जिल्लाको प्रदेश क को क्षेत्रीय सभापतिको सशक्त उम्मेदवारी घोषणा गरेका छन् ।

उनी भन्छन् म नेपाली काँग्रेस भोजपुर जिल्ला प्रदेश ‘क’ क्षेत्रीय सभापतिको सशक्त उम्मेदवार हु । लोकतन्त्रमा विश्वास र जनताको सेवामा प्रतिबद्ध भएकै कारण मेरो उम्मेदवारी हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा