काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संस्थापन इतर समूहबाट सभापति पदमा एकजना मात्र साझा उम्मेदवार छान्न नसकेर शेर बहादुर देउवाले सजिलैसँग चुनाव जित्ने बताएका छन् ।
राजधानीमा शुक्रबार भएको संस्थापन इतर समूहको छलफलपछि संचारकर्मीहरुलाई संक्षिप्त्त प्रतिक्रिया दिदै महामन्त्री कोइरालाले सभापतिमा दावी गर्ने ४ जनामध्ये १ जना मात्रै सभापतिको उम्मेदवार बन्नुपर्नेमा जोड दिए ।
उनले यदि समुहभित्र एकल उम्मेदवार बन्न नसके आगामी महाधिवेशनबाट पनि सभापति शेरबहादुर देउवाले सजिलोसँग चुनाव जित्ने ठोकुवा समेत गरे।
महामन्त्री कोईरालाले भने, ‘यदि संस्थापन ईतर समुहबाट साझा एकल उम्मेदवार बन्न सक्दैन भने देउवालाई पार्टी बुझाइदिए हुन्छ।’
उनले साझा उम्मेदवार चयनका लागि अन्तिमसम्म पनि प्रयास जारी रहने बताए । कोईरालाले भने, ‘हामी चार जना छौ। रामचन्द्र दाई, प्रकाशमानजी, शेखरदा र म बसेर सहमतिको प्रयास गर्छौं’। तर के हुन्छ यसै भन्न सकिन्न।
कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि चारैजना नेताहरु एकै ठाउँमा बसेर साझा उम्मेदवार बनाउने तर्फ निर्णय लिनुपर्ने बताएको जानकारी दिए।
कोईरालाले २८ गते बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकपछि चारैजना बसेर सहमति खोज्ने कुरा भएको समेत बताए।
एक फरक प्रसंगमा उनले नेता प्रकाशमान सिंह उपत्यका बाहिर भएका कारण बैठकमा नआएको बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।