शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काँग्रेस महामन्त्रीमा तीन युवा भिड्ने : गगन र प्रदिप मिडियामा फस्ट, आन्तरिक चुनावमा चट !


  • आइतबार, कार्तिक २८ २०७८
10.1K
SHARES

प्रदिप पौडेल

मङ्सिरमा हुने नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा समकालीन तीन जना युवा नेता विश्वप्रकाश शर्मा, गगन कुमार थापा र प्रदिप पौडेल भिड्ने लगभग पक्का भएको छ ।

कांग्रेसमा १४ पदाधिकारीमध्ये कोषाध्यक्ष मात्रै मनोनीत हो। सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सह महामन्त्री चुनावमार्फत आउँछन्।

नेपाली काँग्रेसको महामन्त्री उठ्ने युवा नेता गगन थापाले केही समय अगाडि नै गरिसकेका छन् ।  काँग्रेस प्रवक्ता समेत रहेका  विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा उठ्ने बताई सकेका छन् ।

अर्का नेता प्रदिप पौडेलले तनहुँमा पुगेर महामन्त्री उठ्ने घोषणा गरे सँगै आगामी महाधिवेशनमा तिन युवा नेता महामन्त्रीमा भिड्ने भएका हुन् ।

तीन चर्चित युवा नेताले घोषणा गरेसँगै कांग्रेस महामन्त्रीको भिडन्त रोचक हुने देखिएको छ।

सभापतिमा फेरि पनि शेरबहादुर देउवा उठ्ने भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्य शेखर कोइराला पनि सभापति पदमा लड्ने तयारीमा छन्।

सभापति पदमा लड्ने तयारी गरिरहेकाहरूले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका युवा नेताहरूलाई आफ्नो समूहमा तान्न खोजिरहेका छन्। प्रवक्ता विश्वप्रकाश शर्मा देउवा खेमामै सुरक्षित हुने जनकारहरू बताउँछन् ।

उता प्रदिप पौडेल कृष्ण प्रसाद सिटौला खेमामै रहने या अन्त जाने खुलेका छैनन् । युवा नेता गगन थापा सिटौला खेमा छोडेर प्रकाशमान तिर ढल्केको चर्चा चले पनि प्रकाशमानले ग्रिन सिंङनल नदिइसकेको स्रोत बताउँछ ।

महामन्त्री पदमा सह महामन्त्री प्रकाश शरण महत, केन्द्रीय सदस्य बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, एनपी साउदलगायत नेताहरू पनि उठ्ने चर्चा छ, तर उनीहरूले घोषणा भने गरिसकेका छैनन्।

काँग्रेस पार्टीका जानकारहरूका अनुसार यो महाधिवेशनमा गगन थापा र प्रदिप पौडेल अहिलेकै अवस्था पछि सम्म रहिरहने हो भने महामन्त्रीमा जित्ने सम्भावना न्यून रहेको बताउने गर्छन् ।

नेता थापा र पौडेल दुबै सम्भावना भएका वाक कलामा माहिर मिडियामा धेरे भन्दा धेरै चर्चित मानिएका दुवै नेता सिटौला खेमाका भनिएर चिनिएका थिए ।

तर एकाएक गगन थापाले सिटौला खेमामै अडिएर माहामन्त्री नजितिने देखेपछी एकाएक प्रकाशमान खेमामा ठोक्किन पुगे तर प्रकाशमान खेमामा देखिए पनि भित्रिरुपमा अझै प्रकाशमानले ग्रीन सिग्नल दिइनसकेको स्रोत बताँउछ । सिटौला खेमामै अडिएका पौडेल सिटौला संगै रहे माहामन्त्री जित्ने सम्भावना कम छ ।

काँग्रेस प्रवक्ताको भूमिकामा रहेका विश्वप्रकाश देउवा खेमामै अडिएको खण्डमा महामन्त्रीको चुनावमा शर्मालाई सहज हुने सम्भावना रहेको काँग्रेस निकट स्रोतको दाबी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा