शनिबार, साउन ९ २०८३
ताजा अपडेट

जनगणनाका बारेमा कुनै समस्या वा अस्पष्टता छ ? ११७८ मा फोन गर्नुस् !


  • आइतबार, कार्तिक २८ २०७८
11.1K
SHARES

फाइल तस्विर

राष्ट्रिय जनगणनासम्बन्धी कुनै गुनासो छ ? घरमा विवरण संकलनका लागि गणक आइपुगेनन् ? जनगणनाका बारेमा केही बुझ्नु छ ? चिन्ता नगर्नुस् । यसका लागि केन्द्रीय तथ्यांक विभागले टोल फ्रि नम्बर ११७८ को व्यवस्था गरेको छ ।

जनगणनाका क्रममा घर छुट भए, गणक नआइपुगे, कुनै त्रुटि भएको पाइए वा आवश्यक सुझाव भए टोल फ्रि नम्बरमा फोन गरेर सहयोग लिन/दिन सकिने जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोईराला (जेबी)ले बताए ।

टोल फ्रि नम्बरमा फोन गरेपछि जिल्ला जनगणना कार्यालयमा सो बारेमा जानकारी आउने जनाएको छ । ‘जनगणनाका बारेमा कुनै समस्या वा अस्पष्टता भएमा टोल फ्रि नम्बरमा जो सुकैले फोन गर्न सक्छन्,’ जनगणना अधिकारी कोईरालाले भने, ‘टोल फ्रि नम्बरमा फोन गएपछि पुन: हामीलाई फोन आउँछ र समस्या समाधानका लागि पहल हुन्छ ।’

विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य, पेशा, व्यवसाय, वित्तीय पहुँच, विकास निर्माणका नयाँ, सही र तथ्यगत योजना बनाउन जनगणनाको तथ्यांक महत्वपूर्ण हुने भएकाले जगनणनाका ‘कोही नछुट्न र नदोहोरिन जनगणना कार्यालयको आग्रह छ । विकास, नीति निर्माण, योजना र कार्यक्रम गर्ने तथ्यांक र जानकारी लिनका लागि नेपाल संघीय संरचनामा गएपछिको पहिलो जनगणना हो।

सरकारी सेवा सुविधामा पहुँच र गरिबी निवारण कार्यक्रम तर्जुमा गर्न, विपद् जोखिमको योजना बनाउन, विविधतामा एकता कायम गर्न, लैंगिक तथा सामाजिक समावेसीकरण व्यवस्था गर्न, वैवाहिक अवस्था, प्रजनन्, सुरक्षित गर्भावस्था, शिशु मृत्युदर र मातृमृत्यु दरको अवस्था, कामको सही मूल्यांकन, अपांगता भएका व्यक्तिको अवस्थाका बारेमा जानकारी लिएर सोहीअनुसार योजना बनाउन हरेक १० वर्षमा जनगणना गरिन्छ ।

राष्ट्रिय जनगणनाका लागि खोटाङमा दुई सय गणक खटाइएका छन् । गणकले ७० वटा मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण, जनसांख्यिक विवरण, शैक्षिक विवरण, बसाइसराइँसम्बन्धी विवरण, प्रजनन्सम्बन्धी विवरण, बलबालिकाको बसाइँको अवस्था, अपांगतासम्बन्धी विवरण, आर्थिक क्रियाकलापसम्बन्धी विवरण संकलन गरिरहेको कार्यालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा