बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

मुस्ताङमा हिउँ पहिरो: शिक्षकसहित ८ विद्यार्थी घाइते


  • आइतबार, कार्तिक २८ २०७८
5.9K
SHARES

फाइल तस्विर

मुस्ताङमा हिउँ पहिरो जाँदा एक घर भत्केको छ भने ९ जना घाइते छन्।

हिउँ पहिरो आएको देखेपछि भाग्दा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते छन्। रत्नदेवी तुलाचनको घर भत्किएको छ।

सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा आज बिहान ११ बजेर ४० मिनेटमा हिउँ पहिरो गएको हो।

हावाहुरी र हिउँ पहिरो आएको देखेपछि जनआदर्श अमरसिंह माविका शिक्षक तथा विद्यार्थी भाग्दा लडेर घाइते भएका हुन्।

‘एक शिक्षक र ८ विद्यार्थी सामान्य घाइते छन्। उनीहरूलाई उपचारका लागि मुस्ताङ लैजाने तयारी छ,’ प्रहरी नायब उपरीक्षक रामकुमार दानीले  भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा