नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले गलत विचारको भण्डाफोर गर्न केन्द्रिय सदस्यलाई निर्देशन दिएका छन्।
काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले केपी ओलीको अहंकारवादको धुजा धुजा केलाएर खण्डन गर्न आह्वान गरेका हुन्। जबज मार्गदर्शन बन्न सक्दैन, मार्क्सवाद, लेनिनवाद मार्गदर्शन मान्दै ओलीको भण्डाफोर गर्नु पर्छ उनले भनेका छन् ।
उनले कम्युनिष्ट पार्टीको स्थापना भएपछि जनवादी क्रान्तिको थालनी भएको स्पष्ट पारे। ‘स्वरुपमा जति धेरै जनवाद जन्मिएपनि सारतः सबै जनताको बहुदलीय जनवाद हो।
जबज भनेको पुजिवाँदी जनवादको एउटा रुप हो। जनवादको उपयोग गर्दै समाजवादी क्रान्तिको कार्यदिशा पूरा गर्नुपर्छ।’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘जबज मार्गदर्शन बन्न सक्दैन। मार्क्सवाद, लेनिनवाद मार्गदर्शन हो।’
उनले चुनावलाई कार्यनीतिक रुपमा हेर्नुपर्ने बताए। उनले पार्टीको नीतिगत मार्गदर्शन अनुरुप सरकार चल्नुपर्ने स्पष्ट पारे। उनले मार्क्सवादका सिद्धान्तलाई गहिरोसँग अध्ययन गर्न कार्यकर्तालाई आग्रह गरे।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।