जनजाती नेता तथा जनजाती महासघंका पूर्व महासचिव समेत रहेका आङ्काजी शेर्पाले अहिले हुदै गरेको जनगणनामा बाहुनको संख्या बढ्यो भने विद्रोह गर्ने स्पस्ट पारेका छन् । हिन्दुको संख्या नघटे सम्म जनजातिले सुख नपाउने समेत दाबी उनको रहेको छ ।
उनले जबसम्म खुल्लामञ्चमा दशैंको फुलपातीमा हर्षबढाँई हुने, बाहुनले जनै फेर्दा तोप पड्काउने, हिन्दुको चाडबाडमा १५ दिन विदा दिने तर अरुको चाडबाडमा दिएको एक दिनको विदा पनि कटौति गरिन्छ तबसम्म हिन्दुको तथ्यांक बढ्ने उनले बताएका छन् ।
यो परम्परा कायम रहँदा सम्म हिन्दुको संख्या घट्ने अनि मुस्लिम, क्रिटियन र बुद्धिष्टको जनसंख्या बढ्छ भन्ने दिवा सपना त्याग्न आग्रह गरेका छन् ।
उनले भने,‘यसको कारण के हो भने ८० हजार गणकमा १५ हजार पनि गणक धर्मनिरपेक्ष पक्षधर छैनन् । बाँकी कमल थापा र ज्ञानेन्द्रको हन्डी खाने र भारतको योगी आदित्यनाथको हन्डी खाएर उनीहरुलाई प्रशिक्षण दिएर जसरी भएपनि हिन्दु लेख्नु भनेको छ ।’ अबको जनगणनाले ८६ प्रतिशत हिन्दुको जनसंख्या कायम राख्यो भने सबैले हातमा आगोको मुस्लो लिने र चारै दिशाबाट तथ्यांक विभाग जलाउनुको विकल्प आफूहरुसँग नभएको उनको चेतावनी छ।
ईस्लाम सोसाईटीका अध्यक्ष नजुरेल हुसेनले केही ठाउँमा मान्छेको नाम मात्र लिएर अरु डाटा अफिसमा गएर भर्छु भनेर गणकहरुले लगेको भन्ने सुनिएको उल्लेख गदै आपत्ति जनाए । उनले भने,‘कसैले पेन्सिलले लेखेको भन्ने कुरा सुनिएको छ । यस्तो गर्नु गम्भिर गल्ती हो ।’
उनले अर्को धर्मलाई कम देखाएर आफुहरु ठुलो भनेर अरुलाई सधैं दबाउने अपराधिक मानसिकताबाट निस्किनुपर्ने पनि बताए । उनले भने,‘यस्तो मानसिकता गणकमा नहोस । यस्ता विकृति रोक्न आवश्यक रहेको छ । मानव–मानव बिचमा भेदविवाद रहनु एकदम गलत हो । यसलाई हटाउनुपर्छ । हामीले यो अभियान आफुबाट सुरु गरौं ।’
आङ्काजी शेर्पा मुलुकका क्षेत्री बाहुन उपर खनिने जनजाती नेताको रुपमा आफ्नो परिचय स्थापित गराइृसकेका नेता हुन । उनले यो तत्थ्याङक मिथ्याङकमा परिणत हुने उनको दाबी छ ।