शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमालेमा बालकृष्ण ढंगेललाई चिठ्ठा पर्यो, प्रचण्ड हेरेको हेर्यौ !


  • आइतबार, कार्तिक २८ २०७८
7.5K
SHARES

फाइल तस्विर

काठमाडौं – चर्चित माओवादीका पूर्वनेता बालकृष्ण ढुंगेललाई एमालेमा चिठ्ठा परेको छ ।

माओवादी परित्याग गरी नेकपा एमाले प्रबेश गरेका उनले एमालेमा बाजी मारेका हुन् ।

द्धन्द्धकालीन मुद्दाका कारण सर्वस्वसहित जन्मकैदको सजाय खेपेर चर्चामा आएका तत्कालीन माओवादी नेता तथा संविधानसभा सदस्य बालकृष्ण ढुंगेल नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको पार्टी स्कूल विभागबाट ढुंगेल दशौं महाधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन् ।

ओखलढुंगा जिल्लाबाट २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका ढुंगेल हाल एमालेको प्रदेश १ को प्रदेश कमिटी सदस्य छन् ।

ढुंगेल गत वर्ष नेकपा विभाजन भएपछि प्रचण्डलाई छाडेर केपी ओली पक्षमा उभिएका थिए ।

प्रचण्डले जनयुद्धलाई आफ्नो र परिवारको स्वार्थसिद्ध गर्ने भर्याङ बनाएको र कार्यकर्तालाई मुद्दामा फसाएर आफू प्रधानमन्त्री बनेको भन्दै ढुंगेलले विद्रोह गरेका हुन् ।

उनले ओखलढुंगाबाट निर्वाचित जनप्रतिनिधिसहित कार्यकर्ताहरु समेत माओवादीबाट एमालेमा लिएर गएका थिए ।

ढुंगेलसँगै स्कूल विभागबाट दयालवहादुर शाही, घनश्याम कोइराला, हिमवहादुर क्षेत्री, तेजकुमारी खड्का लगायत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा