धनगढी – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले जनताको घरघरमा हतियार रहेको बताएका छन् । धनगढीमा आयोजित दलित मुक्ती मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले आवश्यक पर्दा हतियार सामान्य कुरा भएको बताएका हुन् ।
‘धेरै साथिहरुले विप्लवका हतियार खोई भनेको सुनिन्छ ।’ उनले भने, ‘हतियार त आन्दोलनको माग हो । आवश्यक पर्यो भनेर घरघरबाट हतियार लिएर क्रान्तिमा होमिन नेपाली जनतालाई अपिल गछौँ ।’
उनले सबै कम्युनिस्टहरुसँग एकता गर्न आफूहरु तयार रहेको समेत बताएका छन् । अहिले एमाले माओवादी लगायतका पूर्वसहकर्मीहरुले समेत एकताको कुरा गरिरहेको विषयलाई लिएर उनले एकता गर्न सकिने बताएका हुन् ।
एकताका लागि आफूहरुको एउटामात्र सर्त रहेको बताए । अहिलेको संसदिय ब्यवस्था अन्त्य गर्न तयार भएमात्र एकता हुने उनले प्रस्ट पारे ।
महासचिव विप्लवले मन्त्री खान, मुख्यमन्त्री खान, कुर्सीका लागि एकता नगर्ने बताए । अहिलेको व्यवस्थानै हटाएर वैज्ञानिक समाजवादी स्थापना गर्न तयार दलहरुसँग एकताका लागि तयार रहेको उनको भनाई थियो ।
सबै कम्युनिस्ट एक हुनुपर्ने बताउँदै विप्लवले अहिलेको संबिधान र ब्यवस्था खारेज गरेर कार्यकारी राष्ट«पति प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।
उनले कम्युनिस्टलाई कम्युनिस्ट पार्टीलेनै प्रतिबन्ध लगाएको भन्दै दुख ब्यक्त गरे । गरिब निमुखा जनता र राष्ट्रको बारेमा बोल्दा आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएपनि आम जनता र बुद्धिजिबि समाजको आवाजपनि प्रतिबन्ध फुकुवा गरेको उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टीलाई आतकंकारीको संज्ञा दिने नेताहरु अहिले एकताको कुरा गरिरहेको र हतियारका कुरा गरिरहेको उनले बताए । देश र जनताका लागि गल तगर्नेहरुका लागी हतियार आवश्यक नभएको भन्दै विप्लवले आवश्यक परे ढुगां मुढाबाटै ठिक पार्न सकिने समेत बताए ।
भेलालाई सम्बोधन गर्दै उनले सत्ता कब्जा गर्न सफल बर्गले दलितमाथी बिभेद गरेको बताए । ‘दलित यो धर्तिका मालिक हुन्’, उनले भने, ‘जति अरु जातीको यो धर्धिमा अधिकार छ त्यति दलितको पनि अधिकार छ । यो जातीपर्थाको हामी बिरोध गर्दर्छौँ ।’
‘अहिलेको कथित सत्ताभित्र सबै बर्ग छन् तर त्यो सत्तामा भएको उपलब्धी भएन’, उनले भने, ‘तल र माथी गर्ने काम सत्ता कब्जा गर्ने दलालहरुले गरेका हुन् । अब यो दलित भन्ने सब्दनै हटाउनुपर्छ । यो कथित सत्तामा जानका लागि, मन्त्री खाने, सांसद खाने लोभले नजानुस साथीहरु बिभेद गर्नेहरुका पछि पछि नलाग्नुस ।’