शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एक महिना वितिसक्दा पनि किन पर्किएनन् अनन्त ?, खबर सुन्दा माओवादी कार्यकर्ता निरास !


  • आइतबार, कार्तिक २८ २०७८
7.3K
SHARES

फाइल तस्विर

काठमाडौं – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री वर्षमान पुन (अनन्त) उपचारका लागि थाइल्याण्ड गएको महिना दिन पुगेको छ । एक महिनामा उनको स्वास्थ्यमा सुधार भएको छ ।

थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचारारत नेता पुनको पछिल्लो पटक गरिएको शरीरको पूर्ण जाँच (होल बडी चेकअप)का क्रममा सवै रिपोर्टहरु सकारात्मक देखिएको चिकित्सकलाई उदृत गर्दै पूर्वसभामुख तथा नेता पुन पत्नी ओनसरी घर्तीले बताइन् ।

‘अस्ति गरिएको परिक्षणका सवै रिपोर्टहरू राम्रो देखिएको तर बिलरूविनको मात्रा भने बढ्ने घट्ने भइरहेकाले केही समय चिकित्सकको निगरानीमा उपचार गराउन सल्लाह दिनुभएको रहेछ,’ घर्तिलाई उदृढ गर्दै नेता पुनका पूर्वस्वकीय सचिव समेत रहेका दुर्गा चापागाँइले भने, ‘बिलरूविनको मात्रा थप केही घटेर स्वास्थ्य स्थिर हुने वित्तिकै उहाँ नेपाल फर्कनुहुनेछ ।’

उपचारमा संलग्न चिकित्सक नाथाभूत सिरिमोन्थापोनका अनुसार नेता पुनको अहिलेको अवस्था पूर्णतः खतरामुक्त रहेको चापागाँइले जानकारी दिए ।

बंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए ।

नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्रण्डी अस्पतालमा परिक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहामा बैंकक गएका हुन् ।

यस अघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीरर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो ।

उनी नेपालका ग्राण्डी लगायतका अस्पताल र भारतको एपोलो अस्पतालमा समेत उपचार गराउँदा निको नभएपछि बैंकक गएका थिए ।

उपचार पछि निरन्तर फलोअपमा नगएको र दैनिक औषधी सेवन समेत नगरेका कारण नेता पुनलाई जण्डिस दोहोरिएको हो । त्यसपछि उनलाई उपचारका लागि बैंकक लगिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा