नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह आसन्न महाधिवेशनमा नेपाली काँग्रेस पार्टीको सभापति बन्ने लक्षसहित कार्यकर्तामाझ होमिन थालेका छन् ।
वर्तमान सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी दिनमा पार्टी सञ्चालन गर्न नसक्ने निष्कर्ष सहित नेता सिंह सभापति लड्ने दौडमा छन् ।
नेता रामचन्द्र पौडेलको साथ छाड्दै पूर्व महामन्त्री प्रकाशमान सिंहले नयाँ प्यानल बनाउने भएका छन् ।
पौडेल समूहका प्रभावशाली नेता मानिएका सिंह पार्टीको आसन्न महाधिवेशनमा आफ्नै प्यानल बनाएर पार्टी सभापतिमा उठ्ने तयारीमा छन् । उनले नेता पौडेलले बोलाएको बैठक समेत बहिस्कार गरेको स्रोतको भनाइ छ । नेता पौडेलले आज संस्थापनइतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् ।
सिंहले साथ छोडेसँगै अब पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार तय गर्ने सम्भावना समेत सकिएको छ । अघिल्लो १३ औं महाधिवेशनमा पौडेलले सभापतिमा लड्दा सिंह प्रस्तावक रहेका थिए, यसपालि भने यी दुई नेताबीचको दूरी बढेको छ ।
नेता सिंह आफै अघि बढ्ने तयारीमा रहेको उनीनिकट स्रोतको भनाइ छ । पछिल्लो समय उनले अब पुरानो पुस्ताका नेता देउवा र पौडेल दुवैले पार्टी चलाउन नसक्ने बताउँदै आएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।