शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

प्रधानन्यायाधीशले भिजिलान्ते प्रयोग गरे, आन्दोलन अझै सशक्त पार्छौं : महासचिव पौडेल


  • शुक्रबार, कार्तिक २६ २०७८
11.6K
SHARES

फाइल तस्विर

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप नेपाल बार एशोसिएसनले लगाएको छ । एशोसिएसनका महासचिव लिलामणि पौडेलले धर्नालाई सम्बोधन गर्दै सो आरोप लगाएका हुन् ।

आन्दोलनमा घुसपैठ गराएर निस्तेज पार्न खोजिएको दाबी गर्दै उनले एशोसिएसनको आन्दोलन अझै सशक्त हुने बताए ।

कानुन व्यवसायीहरु अहिले सर्वोच्च अदालतको मूल गेट अगाडि धर्नामा बसेका छन् । त्यहाँको कोणसभालाई कानुन व्यवसायीहरुले सम्बोधन गरिरहेका छन् । सम्बोधनको क्रममा उनीहरुले प्रधानन्यायाधीशको राजीनामा दिनुपर्ने माग राखेका छन् । १२ बजेसम्म त्यहाँ कार्यक्रम गर्ने र नेपाल बार एशोसिएसनको कार्यालयमा फर्किने उनीहरुले बताएका छन् ।

सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका कानुन व्यवसायीसँग प्रधानन्यायाधीश जबरा पक्षका कानुन व्यवसायीहरुबीच केहीबेर भनाभन भएपछि झडप भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा