शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बाइकको यी ५ पार्टस् फिट राख्नुस्, पछि बनाउन धेरै पैसा खर्चगर्नु पर्दैन


  • शुक्रबार, कार्तिक २६ २०७८
11.6K
SHARES

यदि तपाईं आफ्नो बाइक सधै ठीक राख्न चाहानुहुन्छ भने तपाईंले केहि महत्वपूर्ण चीजहरूको ख्याल राख्नु पर्छ । एउटा मोटरसाइकलमा धेरै पार्टसहरु हुन्छन् तर विशेषगरी यी पार्टसहरुमा ध्यान राखेमा चाँडो सर्भिसिङ गरि राख्नु पर्दैन ।

समय समयमा मोबिल चेक गर्नुस्

मोटरसाईकलको मोबील समय–समयमा जाँच गरि राख्नुपर्छ । यदि तपाईंको इन्जिन वेयल कम हुँदैछ भने यसलाई टप–अप गर्न सक्नुहुनेछ । प्रायः इन्जिनको तेल सुक्ने गर्छ जसले गर्दा इन्जिनमा ठुलो नोक्सानी हुने गर्छ । त्यसैले इन्जिनको तेल सही मात्रामा रहनु जरुरी छ ।

एयर फिल्टर सफा गर्नुस्

तपाईंको बाइकमा रहेको एयर फिल्टर एकदमै राम्रो कन्डिसनमा हुन जरुरी हुन्छ । त्यसकारण बाइकको एयर फिल्टर सधै सफा राख्नुहोस् र निश्चित समयमा एयर फिल्टर परिवर्तन गर्ने गर्नुहोस् ।

ब्याट्री जाँच गर्नुस्

बाइकको ब्याट्रीलाई समय समयमा जाँच गरिरहनु पर्छ अन्यथा यसले दुःख दिनसक्ने खतरा रहन्छ । बाइकको ब्याट्री लिक भएको छ या छैन भन्ने निश्चित गरी लिक भएको खण्डमा यसलाई तुरुन्तै परिर्वतन वा मर्मत गर्नु पर्ने हुन्छ ।

स्पार्क प्लगमा ध्यान गर्नुस्

सर्भिसिङ गर्दा स्पार्क प्लग चेक अनिर्वाय चेक गराउनु होला, १५०० देखि २००० किलोमिटर बाइक गुडेपछि यसलाई परिवर्तन गर्नुहोस् । यदी स्पार्क प्लग बिग्रेको छ भने बाइक स्टार्ट गर्दा समस्या आउने गर्छ ।

टायर

अर्को बाइकमा समस्या आउने भनेको टायरमा हो, त्यसैले टाएरमा एयर प्रेसर जाँच गरेर राख्नुहोस् । बाइकको टायर घिस्रीएमा यसलाई ततकाल परिवर्तन गर्नुहोस् र सधैं ग्रिप भएको टायर प्रयोग गर्नुहोस् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा