शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सरकार बाट १० हजार लिने हैन त ?, निवेदन पेस गरी हालौँ १० हजार लिई हालौँ


  • बिहिबार, कार्तिक २५ २०७८
8.4K
SHARES

फाइल तस्विर

सरकारले कोरोना भाइरसबाट प्रभावित ५ लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने प्रक्रिया सुरु गरेको छ । देशभरका ५ लाख अति विपन्न परिवारलाई एक पटकका लागि प्रतिपरिवार १० हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।

रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोगार भएका असङ्गठित क्षेत्रका मजदुर वा कामदार तथा खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोकोमा सामान बेच्ने अति विपन्न व्यवसायी परिवार लाई सरकारले राहात घोसणाको आबेदन खुल्ला गरेको छ ।

दैनिक ज्यालादार भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया पनि पर्नेछन् । कोभिड संक्रमणको कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालिगको स्याहार गर्ने परिवारले पनि उक्त रकम प्राप्त गर्न सक्नेछन् ।

सरकारले उक्त रकम दशैँअघि नै वितरण गर्ने भनेको भए पनि कार्यविधि तयार नहुँदा ढिलो भएको हो ।

अर्थमन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गरी कार्यविधिअनुसार नगद प्राप्त गर्न योग्य परिवारलाई १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

अनुदान प्राप्त गर्न मापदण्डभित्र पर्ने परिवारका कुनै एक सदस्यले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफू स्थायी वा अस्थायीरूपमा बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा कार्यविधिको ढाँचामा निवेदन पेश गर्नुपर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा