शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानन्यायाधीशलाई भोलिदेखि सर्वोच्चमा पस्न दिँदैनौँ : बार अध्यक्ष श्रेष्ठ


  • बिहिबार, कार्तिक २५ २०७८
8.8K
SHARES

फाईल तस्बिर

नेपाल बार एसोसिएसनले भोलिदेखि आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गर्दै अब प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

नेपाल बार एसोसिएसनले आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको हो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘अहिलेका प्रधानन्यायाधीश विचौलियाका नाइके भएका छन् । हामीलाई शुद्ध न्याय दिने प्रधानन्यायाधीश चाहिन्छ । यस्तो प्रधानन्यायाधीश जबसम्म ल्याउन सकिँदैन तब सम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

उनले भोलि १० बजे नै सर्वोच्च अदालत परिसरमा सम्पूर्ण कानून व्यवसायी भेला भएर प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा