बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

प्रधानन्यायाधीशले बार अध्यक्षलाई भेट्न बोलाए, एक्लै नआउने श्रेष्ठको अडान


  • बिहिबार, कार्तिक २५ २०७८
8.8K
SHARES

फाइल तस्विर

राजीनामाका लागि चौतर्फी दबावमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएका छन् । श्रेष्ठले भने एक्लै नभेट्ने बताएका छन् ।

बिहीबार कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा धर्ना दिने क्रममा तनाव उत्पन्न भएको थियो । सुरक्षाकर्मीहरुले कानुन व्यवसायीहरुलाई रोक्न खोजेका थिए, तर सुरक्षा घेरा तोडेर प्रदर्शन गरेका कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्दै नारा लगाएका छन् । लगतै प्रधानन्यायाधीश जबराले बार अध्यक्ष श्रेष्ठलाई भेटका लागि खबर गरेका थिए ।

धर्नामा रहेका श्रेष्ठले भने एक्लै नजाने भनेर बारका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा