नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बोलाएको न्याय परिषदको बैठक बहिस्कार गर्न आग्रह गरेको छ । न्यायपरिषदका सदस्यहरुलाई पत्र लेख्दै बारले उक्त आग्रह गरेको हो ।
विगत केही सातादेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बार लगायत सर्वोच्च अदालतकै न्यायाधीशहरु आन्दोलनमा छन् । यसै क्रममा प्रधानन्यायाधीश जबराले बैठक बोलाएपछि बारले बैठकमा नजा आग्रह गरेको हो ।
न्यायिक जगत र आम नागरिकको समेत विश्वास गुमाइसकेका प्रधानन्यायाधीशले न्याय परिषदको बैठक डाकेर थप विकृति लाद्न खोजेको बारको आरोप छ । सोही कारण उक्त बैठक अवज्ञा गर्न र विकृति, विसंगति, बिचौलिया र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउने बारको अभियानमा सहयोग गर्न भन्दै पत्राचार गरिएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।