बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

आन्दोलनको प्रभाव : सर्वोच्चमा गाईजात्रा, प्रहरी र वकिलबीच धकेलाधकेल


  • बिहिबार, कार्तिक २५ २०७८
6.6K
SHARES

फाइल तस्विर

कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ ।

कानुन व्यवसायीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो । प्रदर्शनमा सहभागीहरुले आफ्नो अडान कायम राखे । उनीहरुले प्रदर्शन गर्न नदिएमा सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने भनाइ राखे । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ ।

वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । उनीहरुले ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् ।

प्रहरी र वकिलबीच धकेलाधकेल भइरहेको बेला केही न्यायाधीशहरुले केहीबेर बालकोनीबाट हेरेका थिए । सर्वोच्चका अदालतका कर्मचारीहरु भने बालकोनीमै रहेर सो दृष्य नियालीरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा