शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

केपी ओली झापाबाट चुनाव नलड्ने, बालकोटबाट आयो यस्तो समाचार


  • बुधबार, कार्तिक २४ २०७८
10.6K
SHARES

फाईल तस्बिर

काठमाडौं – नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनमा समानुपातिकमा बस्ने सम्भावना बढेको छ । प्रत्यक्ष निर्वाचनमा जाँदा हारिने संकेत देखेपछि ओलीले समाानुपातिकमा बस्ने विचार गरेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रप्रति ओलीको उपेक्षा देख्नेहरुका अनुसार आउँदो चुनाव ओलीले प्रत्यक्षमा नलडेर समानुपातिकबाट लड्ने अनुमान गर्न थालेका छन् । दमकमा अहिले नेपाली कांग्रेस अत्यन्त बलियो अवस्थामा छ ।

यसको प्रमाण आज बालकोटमा देखिएको छ । एमाले प्रवेश गर्छु भन्दै अध्यक्ष ओली निवास बालकोट पुगेका झापाका माओवादी नेता गगन पुरी लगायतलाई ओलीले भेट्न अस्वीकार गरेर यसको संकेत गरेका हुन् ।

गगन पुरी माओवादी केन्द्रका दमकका नेता हुन् । उनी विगतमा माओवादीको तर्फबाट मेयरको उम्मेदवार बनेर पराजित भएका थिए । केपी ओलीको गृहनगर दमक हो ।

गगन पुरी र अन्य दुईजना ओलीलाई भेट्न मंगलबार साँझ दमक पुगेका थिए । ओलीसँग भेट्ने प्रवन्ध दमककै एक एमाले कार्यकर्ताले मिलाइदिएका थिए ।

भेटको समय मिलेपछि पुरी र अन्य दुईजना ओली निवास बालकोट पुगेका थिए । भेट्न गएका अन्य एकजना मोरङ उर्लाबारीका पुराना कम्युनिष्ट कार्यकर्ता भएको बताइएको छ ।

बालकोटमा पहिले त गगन पुरीलाई ओली निवासको कम्पाउण्ड भित्र पस्नै दिइएन । सुरक्षाकर्मीले ‘भित्रबाट तपाईंको नाम आउनुपर्छ अनि मात्र भित्र जान पाइन्छ’ भनेका थिए ।

करिब एक घन्टा गगन पुरीको टोली गेट बाहिरै उभिएर बसेका थिए । त्यसपछि झापाकै एक एमाले नेता त्यहाँ आइपुगे । उनले गगन पुरीहरु केपी ओलीको क्षेत्रका मतदाता भएको बताउँदै अनुरोध गरिदिए पनि भित्र पस्न पाएका थिए ।

केपी ओलीले आफ्नो क्षेत्रका मतदातालाई पुरै बेवास्ता गर्दै आइरहेका छन् । ओलीको अहंकार गगन पुरीको टोलीले प्रत्यक्ष भोग्न पायो । आँगनमा ओली निवासका एक अर्दलीले भेट्ने के काम छ भनेर गगन पुरीलाई सोधेको थियो । गगनले ‘केपी कमरेडलाई नै भन्छु’ भनेका थिए ।

तर उनले आफूलाई भन्नैपर्ने नत्र भेट्न नपाइने भनेपछि गगनले एमाले प्रवेशको वातावरण मिलाउन तथा दमकको विकास निर्माण सम्बन्धमा कुरा गर्न आएको हुँ भनेका थिए । गगनको कुरा लिएर ती अर्दली भित्र गए । आधा घन्टापछि मात्र ती अर्दली बाहिर आएका थिए । बाहिर आएर उनले गगनलाई एमाले प्रवेश गर्ने भए प्रेस विज्ञप्ति जारी गरेर अथवा फेसबुकमा लेखेर प्रवेश गर्नु भन्नुभएको छ भने ।

ओलीको यस्तो जवाफ सुनेर गगनको टोली तिम्मिलाएको थियो । गगनले झोंक्किँदै हाम्रो क्षेत्रका सांसद्लाई भेट्न किन नपाउने भनेका थिए । अर्दलीले ‘तपाईंसँग भेट्दिन भन्नुभएको छ, खुरुक्क बाहिर जानुस्’ भनेका थिए । त्यसपछि गगनको टोली फर्किएको थियो ।

गगनको टोली बालकोट निवासमा रहेको बेला दर्जनौं व्यक्ति भित्रबाहिर गरिरहेका थिए । दर्जनौंले ओलीलाई भेटेका थिए । आफ्नो निर्वाचन क्षेत्रप्रति ओलीको यस्तो उपेक्षा नयाँ होइन । प्रधानमन्त्री भएको बेला पनि ओलीले आफ्नो क्षेत्रका मतदातालाई भेट्दैन थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा