शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

आज र भोली सार्वजनिक विदा


  • बुधबार, कार्तिक २४ २०७८
10.9K
SHARES

काठमाडौं – सरकारले आज मंगलबार, बुधबार (आज) र बिहीबार (भोली) सार्वजनिक विदा दिएको छ । यो धनुषाको शहिदनगर नगरपालिकाको खबर हो ।

 

मिथिलाञ्चलमा विशेष रुपमा मनाइने छठ पर्वको अवसरमा प्रदेश नम्बर २ अन्तरगतको धनुषाको शहिदनगर नगरपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको हो ।

 

नगरप्रमुख उदयकुमार बरबरियाले सामाजिक सञ्जालमा बिदाको बारे जानकारी दिएका हुन् ।

 

उनले लेखेका छन्, ‘सनातन हिन्दु धर्मको गौरवान्वित एवम् निष्ठाको महान पर्व छठको यस शुभ अवसरमा सम्पूर्णमा सु–स्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’

 

उनले सामाजिक संजालमा लेखेका छन्, ‘विशेष गरी तराई मधेशमा पाँच दिनसम्म मनाइने महान निष्ठा एवम् निराहार व्रत छठको अवसरमा व्रतालुहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कार्तिक २३, २४ र २५ गते तीनसम्म शहिदनगर नगरपालिकावासीलाई सार्वजनिक विदा हुने जानकारी गराउँदछु ।’

 

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ ।

 

छठ पर्वको मुख्य दिन आज संघिय सरकारले देशभर सार्वजनिक विदा दिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको थियो ।

 

यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् ।

 

आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । छठ पर्वमा व्रत गरेर सूर्यको पूजा गरे सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

 

छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा