एजेन्सी ।म्यानचेस्टर युनाइटेडका व्यवस्थापक ओल गन सोल्सार अहिले इंग्ल्यान्डमा छैनन्, नर्वेतिर लागेका छन् ।सायदी निजी कामले घर फर्केका छन् । तर म्यानचेस्टरबाटै भने उनी राम्रो समाचार आइरहेको छैन् । कतै उनी घरमै छँदा वर्खास्तीमा पर्ने त होइन् रअधिकांस बेलायती मिडियालाई आधार मान्ने हो भने म्यानचेस्टरका प्रमुख खेलाडीले आफ्ना व्यवस्थापकविरुद्ध विरोधको स्वर उठाउन थालेका छन् र यो लगभग विद्रोह जत्तिकै छ ।
अधिकांस खेलाडी सोल्सारको विपक्षमा देखिएका छन् ।विशेषतस् म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीको हातबाट पनि घरमै पराजित भए पनि यो स्थिति बनेको हो ।लिभरपुलविरुद्धको हारबाट लज्जित म्यानचेस्टरका खेलाडीले सिटीविरुद्धको खेल पनि गुमाएपछि विरोधका शब्द बोल्न थालेका हुन् ।
फेरि टिममा त्यस्ता खेलाडी पनि देखिएका छन्, जसको आरोप छ, सोल्सार केही खेलाडीलाई बढी माया गर्छन् र बढी नै अवसर दिन्छन् । तर केही खेलाडीको काम वेञ्चमै कुहिने मात्र हुन थालेको छ ।यो सबैको परिणाम सायद, सोल्सारको वर्खास्ती नै हुनेछ ।
बेलायती मिडियाले स्रोतलाई उदृत गर्दै के समेत लेख्न थालेका छन् भने म्यानचेस्टरका उच्च पदाधिकारी सोल्सारलाई हटाउनु पर्छ भन्ने धारणामा पुगिसके ।ती पदाधिकारीको सबैभन्दा ठूलो गुनासो हो, सोल्सार सिटीका पेप ग्वार्डिओला र लिभरपुलका योर्गन क्लोप बराबर हुन सकेनन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।