शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

‘फिफा बेस्ट अवार्ड’को औपचारिक कार्यक्रम घोषणा


  • बुधबार, कार्तिक २४ २०७८
13.3K
SHARES

फाईल तस्बिर

विश्व फुटलबको सर्वोच्च संस्था फिफाले वर्ष २०२१ मा उत्कृष्ट खेलाडीलाई दिने अवार्डका लागि आफ्नो वार्षिक कार्यक्रम घोषणा गरेको छ । फिफाले आज अफिसियल वेबसाइटमार्फत् वर्षको सर्वोत्कृष्ट पुरुष फुटबलरलाई दिने अवार्डका लागि मिति घोषणा गरेको हो । साथै, पुरुष फुटबलर सहित कूल ११ विधाका अवार्ड सोही दिन घोषणा हुनेछन् ।

फिफाले घोषणा गरेको कार्यक्रमका साथमा दिइएको जानकारी अनुसार यस वर्षको अवार्डका लागि क्लब फुटबल अन्तर्गत गत सिजन २०२०–२१ को खेलाडीको प्रदर्शन मूल्यांकन हुनेछ । त्यसैगरी, यस वर्ष ओलम्पिक खेलकुदको मूल्याांकन हुनेछ । २०२१ मा फिफा अन्तर्गत भएका सम्पूर्ण फुटबलको त मूल्यांकन हुने नै भयो । फिफा अवार्डका कुनै पनि खेलाडीले वर्षभरि गरेको व्यक्तिगत प्रदर्शन, उपलब्धि र तथ्यांकलाई मुख्य आधार मानिन्छ ।

घोषित कार्यक्रम अनुसार यस वर्ष २०२१ को फिफा बेस्ट अवार्ड आगामी २०२२ को जनवरी १७ ताखिमा घोषणा हुने भएको छ । अहिले २०२१ को नोभेम्बर महिना चलिरहेको छ । करिब दुई महिनापछि फिफा बेस्ट अवार्ड घोषणा हुने भएको हो । यो अवार्ड वर्षाभरिको सर्वोत्कृट यो अवार्ड हालसम्म सबैभन्दा धेरै पोर्चुगलका रोनाल्डोले दुईपटक जितेका छन् । एकभन्दा बढी यो अवार्ड जित्ने उनी मात्रै हुन् । त्यसपछि क्रोएसियाका लुका मोड्रिच, अर्जेन्टिनाका मेस्सी र पोल्यान्डका लेवान्डोस्कीले एक–एक पटक जितेका छन् । फिफा बेस्ट अवार्ड २०१६ बाट मात्रै दिन थालिएको हो । रोनाल्डोले २०१६ र २०१७ मा लगातार यो अवार्ड जितेका थिए । २०१८ मा क्रोएसियाका मोड्रिचले झिनो अन्तरमा यो अवार्ड जितेका थिए ।

यस वर्ष अन्तर्राष्ट्रिय फुटबलमा १०९ गोलको रेकर्ड भंग गरेर आफ्नो नाममा लेखाएका रोनाल्डो पनि फिफा बेस्ट अवार्डको दाबेदार छन् । उनका नाममा हाल कूल ११५ गोल रहेको छ । साथै, युरो कपमा उनले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि जिते भने जारी विश्वकप छनौटमा पनि रोनाल्डो सर्वाधिक गोलकर्ताको दौडमा रहेका छन् ।

रोनाल्डोजस्तै अर्जेन्टिनाका मेस्सी पनि यो अवार्डको उत्तिकै दाबेदार छन् । उनले यस वर्ष राष्ट्रिय टोलीबाट कोपा अमेरिका अवार्ड जिते । सोक्रममा उनी सर्वाधिक गोलकर्ता र बेस्ट प्लेयर अफ् द टुर्नामेन्ट पनि बने । तर, मेस्सी र रोनाल्डोको तुलनामा पोल्यान्डका लेवान्डोस्की र इटालीका जर्जिन्हो मुख्य दाबेदार मानिएका छन् खेलाडीलाई दिइन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा