बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पूर्जा बनाएर १९ करोड ऋण लिएको भेटियो


  • बुधबार, कार्तिक २४ २०७८
12.8K
SHARES

फाईल तस्बिर

गायक यागेश्वर अमात्यको जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण प्रवाह भएको भेटिएको छ । अमात्यको बारामा रहेको १२ विगाहा जग्गा धितो राखेर कुमारी बैंकको बारा शाखाबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भएको पाइएको हो ।

यसबारे जानकारी पाएपछि अमात्यले दशैं अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा अनुसन्धानका लागि जाहेरी दिएका थिए । त्यसअनुसार सरकारी लिखत कीर्ते सम्बन्धी कसूरमा अनुसन्धानका लागि ब्यूरोले केही साता अघि ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैंकको ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी बन्ने एसके महर्जन, मुक्तिलाल गौतम र विचौलिया कुसुम प्रधान रहेको ब्यूरोका प्रमुख धिरजप्रताप सिंहले अनलाइनखबरसँग बताए ।

प्रहरीसँगको बयानमा नक्कली जग्गा धनी महर्जन र गौतमले आफूहरु पनि फसेको बताएका छन् । उनीहरुले ‘प्रधानले आफूहरुलाई डुबाएको’ बताएका छन् । विस्तृत अनुसन्धान भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा