बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

मुन्द्रेको कमेडी क्लब किन बन्द भयो? यस्तो रहेछ खास कारण…


  • मंगलबार, कार्तिक २३ २०७८
10.9K
SHARES

फाइल तस्विर

हास्यकलाकार जीतु नेपालले सञ्चालन र निर्देशन गर्दै आएको कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि बन्द भएको छ।

प्रत्येक सोमबार नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको शोमा कलाकारको तालमेल अभावले कार्यक्रम बन्द गर्नुपरेको सञ्चालक जितु नेपाल मुन्द्रेले जानकारी दिए।

शो निर्माण गरिरहेको कम्पनी ‘कि एडभर्टाइजिङ’ ले  आफूसँग कुनै सल्लाह नगरि फूलन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाएर अर्को टेलिभिजन शो गर्ने घोषणा गरेपछि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्ने निर्णय लिएको सोमबार पत्रकार सम्मेलन गर्दै सञ्चालक नेपालले बताए।

पछिल्लो समय रियालिटी शोहरू करिब २६–२७ भागमै सकिँदो रहेछ। तर आफूहरूले धेरै दुःख गरेर जसोतसो अहिलेसम्म ल्याएको भन्दै कलाकार नेपालले टिमवर्कमा गडबडी भएकाले बन्द गर्ने बहाना मिलेको बताए।

‘हामीले मुन्द्रेको कमेडी क्लब बन्द गर्ने निर्णय गरेका छौँ । अब दर्शकसँग अर्को कुनै कार्यक्रममा भेट हुनेछ,’ नेपालले पत्रकार सम्मेलनमा भने, ‘कसैका कारणले भन्दा पनि हामी आफैँले बन्द गर्ने निर्णय गरेका हौँ । दोष कसैलाई दिन चाहन्नौं ।’

कि एभरटाइजमेन्ट एजेन्सीले निर्माण गर्दै आएको यो कार्यक्रमबाट ‘फुलन्देकी आमा’ को भूमिका निर्वाह गर्दै आएका राई केही समय अघिनै बाहिरिइसकेका छन्।  तर, जितुले एक कलाकारले छाड्दैमा कारण कार्यक्रम बन्द गर्नुपर्ने अवस्था नहुने जिकिर गरे।

उमेश राईले छोडेर कार्यक्रम बन्द गर्नु परेको होइन, कलाकार अर्को लिएर पनि कार्यक्रम गर्न सकिन्थ्यो तर निर्माण एजेन्सीले सल्लाह नगरी कार्यक्रमको कलाकार निकालेर अर्को टेलिभिजन कार्यक्रम बनाएपछि बाध्य भएर बन्द गर्नुपरेको उनले दाबी गरे।

‘जुन एजेन्सीले मुन्द्रेको कमेडी क्लब निर्माण गरिरहेको थियो। त्यही एजेन्सीले  आफूसँग सल्लाह नै नगरी उमेशलाई अनुबन्ध गराएर अर्को कार्यक्रम गर्ने भएपछि मैले कार्यक्रम बन्द गर्ने निर्णय गरेँ’, उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा