नेकपा एमालेको पछिल्लो समयमा भएको विभिन्न आरोह अवरोहका बिच वर्तमान पार्टी अध्यक्ष केपी ओली नै शक्तिशाली भएर उदाएका छन् । नेकपा एमालेको वर्तमान अध्यक्ष रहेका ओली आगामी माधाधिवेशनमा पनि अध्यक्ष बन्ने लगभग पक्का जस्तै छ ।
किनभने एमालेमा ओलीको बर्चस्व दरो देखिन्छ । ओली सर्ब सहमतिबाटै आफ्नो नेतृत्व स्थापित गरी पार्टीलाई आफ्नै नियन्त्रणमा लिएर आफू सर्वमान्य नेता भएको पुष्टि गरेर पार्टीको नेतृत्व गर्न चाहेको देखिन्छ ।
महाधिवेशनबाट आफ्नो नेतृत्व स्थापित गराउने मनसायमा रहेका अध्यक्ष ओली पुन चुनावमा गएर बहुमत ल्याएर पार्टीको नेतृत्व गर्दै प्रधानमन्त्री बन्ने दाबी गरिरहेका छन् ।
उनको रणनिती एमाले पार्टीमा आफ्नो फक्कड राखेर चुनावमा होमिने र पुन बहुमत ल्याएर प्रधानमन्त्री बन्दै सत्ताको नेतृत्व गर्ने मनसाय बुझिन्छ ।
नेकपा एमालेको दसौँ महाधिवेशन आगामी मङ्सिर को दोस्रो साता सम्पन्न हुँदै छ । महाधिवेशनले छान्ने नेतृत्वका लागि एमालेले आगामी विहीबार करिव २ हजार १९९९ महाधिवेशन प्रतिनिधि चुन्दैछ ।
२७ गते देशभरका करिव साढे सात लाख कार्यकर्ताबाट छानिने १९९९ महाधिवेशन प्रतिनिधिले एमालेको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।
अध्यक्ष केपी शर्मा ओली नै आगामी महाधिवेशनमार्फत् पार्टीको प्रमुख पद अध्यक्षमा दोहोरिने लगभग पक्का छ । किनभने यसअघि ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले विधान परिवर्तन गर्दै ओली अनुकूलको व्याख्या र विश्लेषण गरिसकेको छ, जसले ओलीलाई पुनः अध्यक्ष बन्न र अर्को कार्यकाल विताउन कुनै अवरोध देखिँदैन ।
एमाले बाट माधव नेपाल फुटेर अलग भएपछि ओलीलाई पार्टी अध्यक्ष बन्न झनै सजिलो भएको जानकारहरू बनाउँदै आएका छन् । ओलीलाई टक्कर दिने हैसियतका नेताहरू पार्टीमा नरहेको विश्लेषकहरूको बुझाई छ । त्यसैले पार्टीमा आफ्नो नेतृत्व स्थापित गर्न ओलीलाई सहज देखिन्छ । पुन प्रधानमन्त्री बन्न भने त्यति सहज भने छैन । तर ओली चुनाव बाट आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी भने गरी रहेका छन् ।