बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

एमाले महाधिवेशनमा ओलीलाई काउन्टर दिने नेताको खडेरी, रावल र भुसाल पत्तासाफ !


  • मंगलबार, कार्तिक २३ २०७८
8.1K
SHARES

फाइल तस्विर

नेकपा एमालेको दशौँ महाधिवेशन आगामी मङ्सिर को दोस्रो साता  हुँदै छ । वर्तमान एमाले अध्यक्ष केपी ओली लाई काउन्टर दिने नेता पार्टीमा देखिन सकेका छैनन् । एमाले पार्टीमा दशौँ माहाधधिवेशन हुनै लाग्दा बिचमा विभिन्न उतार चढाभ भएका छन् । एमाले  आओबादी  केन्द्र मिलेर नेकपा बन्यो  । नेकपा पनि पुन फुटेर आआफ्नै अस्तित्वमा फर्किए । एमाले पार्टी भने टुक्रिन पुग्यो । एमालेको लामो समय नेतृत्व गरेका नेता तथा पुर्बप्रधानमन्त्री माधव नेपालले  पार्टी फुटाए ।

तत्कालीन एमालेमा माधव खेमामा रहेका नेताहरू दश बुधे सहमतिको नाममा पार्टीमा त रहे तर ओली नेतृत्वले टिक्न नसक्ने वातावरण सिर्जना गरेको स्रोत बताउँछ ।

उपाध्यक्षको हैसियतमा रहेका नेता भिम रावल र उपमाहासचिबको हैसियतमा रहेका नेता घनश्याम भुसालको हालत पनि साङ्गठनिक रुपमा कमजोर रहेको स्रोत बताउँछ ।

तत्कालीन समयमा माधव नेपाल एमालेमै छदा नेपालको खेमामा रहेर ओली विरुद्ध खनिने  रावल र घनस्याम भुसालहरूले ओलीको भनाई मान्नु बाहेक विकल्प नभएको जानकारहरू बताउँछन् ।

अध्यक्ष ओलीको भनाई नमाने पार्टीमै अस्तित्व धरापमा पर्ने भएकाले रावल र भुशाल पनि महाधिवेशनमा ओलीकै लाइनमा रहने र ओली पुन पार्टी अध्यक्षमा दोेहेरीने अवस्था देखिन्छ ।

दश बुधेको आडमा माधव नेपाललाई छोडेर एमालेमै टिकेका नेताहरूलाई ओलीले भनेअनुसार काम नगरे अस्तित्व नै धरापमा पर्ने भएकाले ओलीलाई अध्यक्षमा टक्कर दिने मान्छे एमालेमा छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा