बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो नेतृत्वको सरकारले प्रमुख प्राथमिकता दिने बताएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले प्रदेशको हैसियत माथि उठाउन, प्रदेशसभा सदस्यहरुको स्वाभिमान बढाउन आफूले ध्यान दिने बताए ।
उनलाई सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मतसम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गर्न अनुमति दिएसँगै संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेको जनाए ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेलाई नेकपा एकीकृत समाजवादी पार्टीका अतिरिक्त नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले समर्थन जनाएका कारण प्रदेशसभामा उनले सहजै विश्वासको मत हासिल गर्न सक्ने देखिन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।