शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कांग्रेस एक्लै चुनाव लड्छ: गगन थापा


  • सोमबार, कार्तिक २२ २०७८
10.1K
SHARES

काँग्रेस नेता गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने निर्वाचनमा कांग्रेस एक्लै लड्ने बताएका छन्।

अरू पार्टीसँग तालमेल गरेर चुनाव लड्ने स्वभाव कांग्रेसको नभएको पनि उनको भनाइ छ।

सिन्धुलीमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले भने, ‘कोहीसँग मिलेर चुनाव लड्ने कांग्रेसको स्वभाव नै होइन, रूखबाहेक अन्यत्र कांग्रेसले भोट हाल्दैन।’

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै गठबन्धन चुनावसम्म जाने संकेत गरिरहेका बेला थापाले अरूसँग मिलेर चुनाव लड्न नहुने बताएका छन्।

थापाका अनुसार आगामी चैत/वैशाखमा स्थानीय तहको चुनाव र मंसिरसम्म संघीय चुनाव हुनेछ।

उनले कांग्रेस पहिलो पार्टी बनाउने हो भने अहिले रहेका मतदाता जोगाउँदै थप मतदाता आकर्षित गरिनुपर्ने बताए।

‘कांग्रेस पहिलो पार्टी बन्ने हो भने अहिलेको मतदाता जोगाउँदै ४३ लाख भन्दा बढी मत हामीले ल्याउनुपर्नेछ,’ उनले भने।

उनले गत निर्वाचनमा माओवादीसँग चितवनमा गठबन्धन गर्दा त्यसको नकरात्मक प्रभाव परेकोसमेत बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा