शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओलीको ठोकुवा : संसद विघटन बदरको फैसला सेटिङनै हो


  • सोमबार, कार्तिक २२ २०७८
8.9K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने फैसला सेटिङमा गरेको आरोप लगाएका छन् ।

सोमबार विराटनगरमा आयोजित पार्टी कार्यक्रममा उनले सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधाानिक र अलोकतान्त्रिक फैसला गरेको जिकिर गरेका हुन् ।

यो कसरी गरिएको भन्ने उहाँहरु (न्यायाधीशहरु) अहिले भन्दै हुनुहुन्छ । सेटिङ रहेछ । कसका कल्लाई मन्त्री बनाइदिने, कसका कल्लाई राजदूत बनाइदिने, कसका कल्लाई कहाँ के दिने । यो त देखिएको कुरा नदेखिएको के के लेनदेन भयो…अझै खुल्न बाँकी होला’ उनले भने ।

प्रधानमन्त्री ओलीले न्यायालयले नै आफ्नो मर्यादा नराखेको बताए । ‘हामीले फैसला मानिदिएर मात्र हुँदैन इज्जत बढ्ने गरी फैसला गर्नुपर्छ’ उनले भने ।

संसद विघटन बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिँदा सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकार प्रयोग गरेको ओलीले बताए । उनले उक्त फैसला संविधान विपरीत भएको पनि जिकिर गरे ।

‘हामी डेमोक्रेटिक सिस्टटमा अदालत स्वतन्त्र मर्यादामा रहोस् मर्यादित हैसियतमा रहोस् भन्ने कामना गर्दछौं । तर दुखका साथ भन्नुपर्छ । हाम्रो सम्मानित अदालतले त्यसरी फैसला गरेन । सम्मानजनक निष्पक्ष फैसला गरेन । र संविधान बमोजिमको फैसला गरेन । संविधान भन्दा बाहिर गएर फैसला गर्‍यो’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा