शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

चोलेन्द्र प्रकरणमा मौन रहेको आरोप लागेका सत्ताधारी नेताहरूले डाके गठबन्धनको बैठक के आउला निर्णय..


  • सोमबार, कार्तिक २२ २०७८
12.4K
SHARES

फाइल तस्विर

नेता त्रय प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी दलका अध्यक्ष माधव नेपालको बालुवाटारमा छलफल भएको छ । छलफलले सत्ता गठबन्धनको बैठक बोलाउने निर्णयसमेत गरेको छ। बालुवाटार स्रोतका अनुसार गठबन्धन दलको बैठक ५ बजे बस्दै छ।

प्रधानन्यायाधीश प्रकरणमा दलहरु मौन रहेको आरोप लगिरहेको समयमा गठबन्धनको बैठक बस्न लागेको हो। यसअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दलहरुको गठबन्धन शीर्ष नेताको गठबन्धन जस्तो भएको बताएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाको राजीनामाको विषयमा मौन रहेको आरोप खेप्दै आएको सत्ता गठबन्धनको आज बस्ने बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपाल बार तथा सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलनमा उत्रिएपछि प्रधान न्यायाधीश राणा नैतिक सङ्कटमा भए पनि राजीनामा नदिने मनसायमा देखिन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा