एमाले बाट फुटेर नेकपा एकीकृत समाजवादी दल दर्ता गरेका माधव कुमार नेपाल चिनिया कम्युनिस्ट पार्टी सँग जोडिँदै अन्तरक्रिया गरेको छ ।
नेकपा एकीकृत समाजवादी चिनियाँ कम्युनिस्ट पार्टीसँग जोडिएको छ । नेकपा एस दर्तापछि पहिलो पटक चिनियाँ कम्युनिस्ट पार्टीसँग अन्तरक्रिया गरेको हो ।
१९ कात्तिकमा भएको अनर्तक्रियामा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री छन चौले सहभागी भएका थिए।
चिनियाँ कम्युनिस्ट पार्टीको नेपालका कम्युनिस्ट पार्टीहरुसँग नजिकको सम्बन्ध छ । तत्कालिन नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीसँग मिलेर संयुक्त प्रशिक्षण ुसमेत आयोजना गरेका थिए ।
उचिनियाँ कम्युनिस्ट पार्टीले नेपालमा आफ्नो दबाब बढाउनका लागि अनेक हतकण्डा अपनाएको आरोप लाग्दै आएको छ ।
कतिपयले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई नेपालमा चिनिया प्रभाव लाई भित्राउन माधव नेपालले भुमिका खेलेको समेत भन्न भ्याईसकेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।