शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रचण्ड चितवन बाट लखेटिने, चुनाव जित्नु प्रचण्डका लागि फलामको चिउरा चपाउनु जस्तै !


  • सोमबार, कार्तिक २२ २०७८
8.2K
SHARES

फाईल तस्बिर

माओबादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डका लागी चितवनमा चुनाव जित्नु फलामको च्युरा चपाउनु जस्तै हुने जनाकारहरु बताउन थालेका छन् । दाहालको निर्वाचन क्षेत्रमा अब राजनीतिक समीकरण बदलिएको छ । काँग्रेस सभापतिले कुनै पनि हालतमा काँग्रेस हरुले हँसिया हतौडामा मत नहाल्ने बताई सकेका बेला प्रचण्डलाई चुनाव जित्नु असम्भव बनेको देखिन्छ ।

विगतमा कांग्रेससँग मिलेर छोरी रेणु दाहाललाई भरतपुरको मेयर र आफू चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका प्रचण्डका लागि अब चितवन फलामको च्युरा चपाएजस्तो हुने छ । तत्कालिन चुनाबमा प्रचण्ड कि छोरी रेनु दाहाललाइ मेएरमा तालमेल गरेर जिताएको नेपाली कांग्रेस कुनै पनि हालतमा माओबादीलाई सहयोग नगर्ने बताउदै आएको छ । एमाले झन प्रचण्डको नामो निसाना मेटाउने दाउमा रहेको छ ।

माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माणदेखि नेकपा एमालेको १० औं महाधिवेशन भरतपुरमा गर्नेसम्मका एमाले कदमले आत्तिएका, कांग्रेस जिल्ला सभापतिले आगामी चुनावमा मत नदिने र लखेट्ने भन्दा घेराबन्दी महसुस गरेका प्रचण्डलाई थप आपत आइलागेको छ ।

त्यो भनेको चितवन ३ बाट जित्दै आएका बलिया प्रतिस्पर्धी राप्रपाका नेता विक्रम पाण्डे एमाले प्रवेश गर्ने तयारी । पाण्डे एमाले प्रवेश गरे चितवन ३ मा प्रचण्डको हार निश्चित प्राय हुनेछ । २०७४ अगाडि चितवन ३ बाट पाण्डे निर्वाचित हुँदै आएका थिए । क्षेत्र नम्बर ३ मा उनी लोकप्रिय मानिन्छन् । त्यसमाथि उनी एमाले प्रवेश गरेभने एमालेको शक्ति पनि प्राप्त गर्नेछन् । थप मजबुद हुनेछन् ।

२०७४ मा प्रचण्ड पनि एमालेसँगै मिलेर जितेका थिए । पाण्डेलाई आफ्नो पार्टीमा भित्र्याएर प्रचण्डसँग भिडाउने र हराउने रणनीति एमालेले लिएको छ । एमालेका प्रभावशाली नेता महेश बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका छन् ।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले उनले पाण्डे एमाले प्रवेश गरे चितवनमा प्रचण्डविरुद्ध चुनाव लड्ने र जित्नेसमेत दाबी गरे । बस्नेतले पाण्डे कहिले एमालेमा प्रवेश गर्दैछन् रु भनेर मिति भने खुलाएनन् ।

पाण्डे नेपालको निर्माणसम्बन्धी अग्रणी कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक हुन् । उनको व्यवसाय नेपालमा मात्रै नभएर अमेरिकासम्म फैलिएको छ । उनी विकासप्रेमी नेताको रुपमा परिचित छन् । उनले चितवनमा धेरै विकास गरेको त्यहाँका जनताले बताउने गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा