पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईकी छोरी मानुषी भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिलाई हावादारी र मजाकको विषय बनाउन छाड्न भनेकी छन् ।
ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमा ‘कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको’भनेर भट्टराईलाई प्रश्न गरेका थिए ।
त्यसको जवाफमा जनता समाजवादी पार्टी जसपा केन्द्रीय सदस्यसमेत रहेकी मानुषीले ओलीलाई तथ्यसहित अभिव्यक्ति दिन आग्रह गरेकी हुन् ।
मानुषीले फेसबुकमार्फत भनेकी छन्, ‘पूर्वप्रधानमन्त्री ओलीजी, अलिकति तथ्यसहित आरोप लगाउनु उपयुक्त होला । स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमा हिसिला यमीले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किएका थियौँ ।’
उनले अगाडि भनेकी छन्, ‘हामी कुन आम्दानीको स्रोतबाट गएका थियौँ । त्यहाँ कस्तो अवस्थाबाट गुज्रियौँ भन्ने कुरा आमाको हालै प्रकाशित आत्मकथा हिसिला को पेज नम्बर ४६ देखि ५१ सम्म उल्लेख गरिएको छ । कष्ट गरेर पढ्नुहोला । राजनीतिलाई कतिञ्जेल यस्तै हावादारी र मजाकको विषय बनाउने ?
यसअघि एमाले कर्णाली प्रदेश कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले भनेका थिए( ‘आफूहरूले पासपोर्ट बनाउन नसक्ने बेला कसरी पार्सपोट बनाएर भट्टराईले आफ्ना छोराछोरीलाई बेला बढाउनुभयो रु बेलायत बढाउने आम्दानीको स्रोत के थियो भन्दै एमाले अध्यक्ष ओलीले प्रश्न गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।