नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कहाँको पैसाले छोरी मानुषीलाई बेलायतमा पढाएको भन्ने प्रश्न गरेका छन्।
महिनाको कमसेकम पाँच लाख खर्च हुने ठाउँमा कसरी छोराछोरी पढाउनुभएको थियो, भूमिगत हिन्दाखेरि कहाँको आम्दानीले?,’ एमालेले काठमाडौंमा गरेको एक कार्यक्रममा ओलीले भने, ‘बाबुरामका छोराछोरी त बेलायत पढ्थे। हामी बेलायत जाने भिषा पाउँदैनथ्यौं। बाबुरामका छोराछोरीले भिषा पाउथे, के कारणले होला?’
उनले कुन पासपोर्टबाट भिषा लागेको र कहाँ छोराछोरी पढाएको भन्दै बाबुरामलाई प्रश्नसमेत गरेका छन्। बाबुरामका छोराछोरीले भिषा पाउँथे, के जादु होला,’ उनले भने, ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरी, कुन पासपोर्टबाट जानुभएको र कहाँको भिषा लागेको थियो बाबुरामजी बताउनुस् त।’ भन्दै ओलीले प्रश्न गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।