शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मतदाता नामावलीमा नाम छैन ?, मङ्सिरको पहिलो साताबाटै हुँदैछ नामावली सङ्कलन !


  • सोमबार, कार्तिक २२ २०७८
37.9K
SHARES

संकेत तस्बिर

आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मंसिरको पहिलो साताबाट नामावली संकलन गरिने भएको हो ।

नामावाली संकलनका लागि सरकारले निर्वाचन आयोगसँग केही दिन अघि छलफल गरेको थियो । उक्त छलफलपछि आयोगले मंसिरको पहिलो साताबाटै गाउँगाउँमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो।

जसका लागि प्राविधिक र बजेटको समेत तयारी भइरहेको आयोगले जनाएको छ ।

‘मंसिर पहिलो साताबाटै हामी मुलुकभरका स्थानीय तहहरुको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन गर्ने तयारी गरिरहेका छौँ । हामीले प्राविधिकहरुलाई १ महिनाका लागि खटाउन अर्थमन्त्रालयसँग ११ करोड बजेट माग गरेका छौँ,’ – निर्वाचन आयोगले भन्यो ।

नेपालमा ७ सय ५३ स्थानीय छन् । आयोगका अनुसार अर्थमन्त्रालयले बजेटमा सहमति जनाउने बित्तिकैबाट प्राविधिक खटाइने भएको छ ।
प्रत्येक प्राविधिकलाई दैनिक १ हजार ८ सयका दरले पारिश्रमिक दिइने आयोगले जनाएको छ । निर्वाचनको मिति घोषणापछि गरिएको मतदाता नामावलीलाई कानुनले मान्यता दिने छैन् । सरकारले आगामी चैत ५ भित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने कानुनी बाध्यता रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा